arrow

पदाधिकारी बैठकमा प्रचण्डले जवाफ दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
prachanda--81-2-17w.jpg

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जवाफ दिने कार्यक्रम छ ।  पदाधिकारी बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएपछि नेताहरूले उठाएको प्रश्नको आज मङ्गलबार ‘प्रचण्ड’ले जवाफ दिदै छन्।

हिजो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्कनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सङ्गठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

सङ्गठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताएका थिए । शुक्रबारदेखि सुरु भएको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका छन् । 

पछिल्लो राजनीतिक अवस्था, पार्टीले खेल्नुपर्ने भूमिका एवम् सरकारमा रहेर गरिएका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सन्दर्भ लिएर जनतामा जानुपर्ने र सङ्गठन विस्तारलाई विशेष प्राथमिकता राख्नुपर्ने नेताहरूको धारणा छ । 

नेताहरूको धारणालाई संश्लेषण गरेर प्रचण्डले जवाफ दिएपछि थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ