बैङ्कले लिलामी गरेको सम्पत्ति बेच्ने कम्पनी खोल्न छुट्टै ऐन ल्याइने
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
1.1k
Shares
काठमाडौँ। बैङ्क तथा वित्तीय संस्थाले दिएको ऋण नउठ्दा जफत गरिएको धितोबापतको सम्पत्तिलाई बिक्री गर्न छुट्टै ऐन बनाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर–बैङ्किङ सम्पत्ति व्यवस्थापन गर्नका लागि यस्तो कम्पनी स्थापना गर्ने उल्लेख गरेको हो ।
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले ‘सम्पत्ति
व्यवस्थापन कम्पनी स्थापना गर्ने प्रयोजनका लागि ‘सम्पत्ति व्यवस्थापन ऐन’को मस्यौदा तर्जुमा गरी नेपाल सरकारसमक्ष पेस गरिने’ उल्लेख गरे ।
यस्तो कम्पनी स्थापनाका लागि बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन अन्तर्गत स्थापना हुने कम्पनी पर्याप्त नहुने भन्दै यसका लागि छुट्टै ऐन आवश्यक पर्ने गभर्नर अधिकारीले बताउँदै आएका थिए । मौद्रिक नीतिले पहिलोपल्ट यो व्यवस्थालाई समावेश गर्दै छुट्टै कानूनको आवश्यकता महसुस गरेको हो ।
यस्तो कम्पनीबारे विगतदेखि नै बैङ्कर्स तथा व्यवसायीहरूले माग राख्दै आएका थिए । तर, विद्यमान ऐनअनुसार कम्पनी स्थापना गर्दा यो ‘रियल स्टेट कम्पनी’ मा रूपान्तरण हुनसक्ने भय रहेको भन्दै यसका लागि छुट्टै ऐन ल्याउनुपर्ने अधिकारीको भनाइए थियो ।