चेक बाउन्समा अब कालोसूची आकर्षित नहुने, कालोसूचीका लागि यस्तो छ मौद्रिक नीतिको व्यवस्था
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
1.2k
Shares
तस्बिर : फाइल
काठमाडौँ। खातामा पर्याप्त रकम नभएपछि ‘चेक बाउन्स’को आधारमा कालोसूचीमा परेका व्यक्तिहरूलाई कालोसूचीबाट हटाउने तयारी गरिएको छ। नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमा व्यवस्था गर्दै उनीहरूलाई कालो सूचीमा नराख्ने गरी व्यवस्था गर्न लागिएको हो।
मौद्रिक नीतको बुँदा नम्बर ८३ मा उक्त व्यवस्थाबारे भनिएको छ, ‘चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैङ्किङ कारोबारमा बन्देज हुने गरी
खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ।’