काठमाडौं । नेपाली काँग्रेस निकट रहेर लामो समयदेखि अध्यापनमा सक्रिय त्रिचन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक अशोक कोइरालाको पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ । सोमबार निधन भएका कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान त्रिचन्द्र क्याम्पस प्रांगणमा राखिएको थियो । नेपाली काँग्रेसका नेताहरु क्याम्पसमा पुगी कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिए ।
सो क्रममा स्वाथ्यमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य गगन थापा पनि पुगेका थिए । त्यस्तै काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि पुगेका थिए ।
कोइराला त्रिचन्द्र क्याम्पस विज्ञान संकायको सहायक डिनसमेत भइसकेका थिए । उनले प्रजातन्त्रवादी प्राध्यापक संघका वरिष्ठ उपाध्यक्षसमेत भएर काम गरेका थिए ।
डा. थानेश्वर नेपालले कोइरालालाई एक हक्की स्वभावको प्राध्यापकका रुपमा सम्झिएका छन् । उनले भने, ‘सर निडर हुनुहुन्थ्यो ।’