काठमाडौं । संविधान संशोधनको विरोधमा उत्रिएको नेकपा एमालेको राण्नीति अब बालुवाटार सरेको छ । दबाब दिन सडक संघर्षलेमात्र नपुग्ने निष्कर्ष निकालेको एमालेले बालुवाटार घेराउ गरी सीधै प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेत गराउने योजना बनाएको हो ।
सो योजना अनुसार बुधबार बिहान एमाले निकट युवा संघका कार्यकर्ताले बालुवाटरमा धर्ना दिन खोजेका छन् । उनीहरुले बालुवाटार घेराउ गर्न खोज्दा थुप्रै संख्यामा प्रहरी थैनाथ भएको छ ।
प्ररायु संघका कार्यकर्ताले संविधान संशोधन विधेयक फिर्ता लिन मागसमेत गरेका छन् । सो क्षेत्रमा सवारी आवागमनमासमेत असर पुगेको छ ।