एनएमबी बैङ्कको ८.९२ प्रतिशतदेखि शुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
904
Shares
काठमाडौँ। एनएमबि बैङ्कले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरु हुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ। एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार-चढावबाट फाइदा लिन सक्नेछन्।
घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्त्वपूर्ण कोसे ढुङ्गा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैङ्क प्रतिबद्ध छ। एनएमबि बैङ्कले हाल देश भरी २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।