कपिलवस्तु । भर्खरै नियुक्ति भएका सिचांइ राज्य मन्त्री सुरेन्द्र राज आर्चायले सिचांइ क्षेत्रको विकासको लागी आफु र मन्त्रालय प्रतिवद्ध भएर लागेको बताएका छन् । कपिलवस्तुको तौलिहवामा नेपाली काग्रेसले राखेको वधाई शुभकामना तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन ।
नेपाल कृषि प्रधानदेश हो ८० प्रतिशत जनता कृषिमा संग्लन छन् कृषिको विकास विना देशको विकांस हुन सक्दैन त्यसको लागी सिचांइको व्यवस्थापन गर्नु जरुरी रहेको बताए । सरकारले तराई सवुद्ध सिंचाइ योजना, भुमिगत सिचांइ योजना, स्यालो ट्वुवेल जस्ता कार्यक्रम संचालनमा ल्याएको हुंदा त्यसको प्रभावकारि रुपमा अनुगमन गरि सही रुपमा सदुपयोग गर्नको लागी सरकार लागेको समेत उनले बताए ।
कपिलवस्तुमा ९० प्रतिशत जनता कृषिमा संग्लन भएको र त्यसका लागि सिचांइ आवश्यक रहेको र जनताले समेत त्यसमा माग गरेको हुदां सिचांइको विकासमा आफु लाग्ने उनले बताए । जिल्लाको सिंचाईको अवस्था र भावि योजना निर्माण गर्नको लागी पहिलो पटक जिल्ला आउंदा मन्त्री आर्चायले सिचांइ विभागका उप महानिर्देशक सरोज पण्डित,पश्चिमाञ्चल क्षेत्रिय निर्देशक शिसिर कोइराला सहितको प्राविधिक टोलीलाई सगैँ जिल्लामा ल्याउनु लिएर आएका छन । भोली वाट जिल्लाका वर्तमान योजना र आगामी योजनाका वारेमा मन्त्री संग स्थलगत रुपमा अनुगमन गरी योजना तयार र भावि योजना निर्माणमा लाग्नको लागी स्थलगत अनुगमन गराइने जिल्ला सिचांइ डिभिजन कार्यालयका प्रमुख नेत्र बोहराले बताए ।
कार्यक्रममा वोल्दै कपिलवस्तु निर्वाचन क्षेत्र नं २ का सांसद अतहर कमालले सरकारले ल्याएको संविधान संसोधन विधेयकमा नेपाली कांगे्रसका केही स्थानीय नेताहरु एमालेको पछि परेर गलत काम गरेको वताए । संविधान संसोंधन सरकारले ल्याएको हो सरकार कागे्रंसमा छ पार्टी विपरित आन्दोलनको अर्थ छैन केही भु माफियाहरुले वुटवल क्षेत्रमा प्रदेशको राजधानीको नाममा आन्दोलन चर्काएका हुन उनले बताए । साथै कमालले अरुको नेत्तृत्वमा आन्दोलन गर्नु भन्दा पार्टीमा वहस र किन कसरी विधेयक दर्ता गराइयो सो तर्फ छलफल गर्नुपर्ने बताए ।
पार्टी कार्यवाहक सभापति अब्दुल कलाम खांको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला कोषाध्यक्ष शोहर तेली , जिल्ला सदस्य विरेन्द्र मिश्रा, अब्दुल रउफ, क्षेत्रिय सभापति गिरिजेश पाण्डेय, केशव कुमार श्रेष्ठ, महिला संघ केन्द्रिय सदस्य सुमित्रा शर्मा, इन्द्रिरा भट्राई जिल्ला सभापति मिना केसी लगायतले मन्त्रीलाई वधाई तथा शुभकामना दिएका थिए । पार्टी सचिव महेन्द्र कुमार पाठकको स्वागत र जिल्ला सदस्य प्रकाश घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।