arrow

कस्तुरीको बिनासहित दुई पक्राउ

पक्राउ पर्ने एउटा सिन्धुपाल्चोक, अर्को जुम्लाका

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
kasturiko-bina-pp.jpeg

काठमाडौैं । कस्तुरीको बिना र अन्य संरक्षित जडीबुटीको अवैध ओसारपसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले विशेष सुराकीका आधारमा आइतबार काठमाडौं महानगर–४ धुम्बाराही क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक सुनखानी गाविस– ८ बस्ने ३१ वर्षीय कार्साङ लामा र    जुम्ला सिंजा नराकोट गाविस–८ बस्ने १८ वर्षीय लोकेश बुढा पक्राउ परेको व्यूरोले जनाएको छ । प्रहरी टोलीले उनीहरुको साथबाट कस्तुरीको बिना एक थान, वन्यजन्तुको पित्त जस्तो देखिने बस्तु एक थान तथा विभिन्न प्रजातीका वनस्पती जडिबुटी समेत नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धान एवं कारबाहीका लागि उनीहरुलाई सोमबार जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको व्यूरोले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ