arrow

जुवाको खालबाटै होटल सङ्घका अध्यक्षसहित सात जना पक्राउ

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
card-games.jpeg
सुरुङ्गा । होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष भोला उप्रेतीसहित प्रहरीले आइतबार राति सात जनालाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको छ । विर्तामोडस्थित सन्दिप होटलमा जुवाको खालबाटै उनीसहित एक सहकारी संस्थाका ऋण अधिकृत टङ्क भेटवाललाई पनि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए । 
 
उनीहरुको साथबाट नगद रु एक लाख ७५ हजार बरामद गरेको छ । झापामा लामो समयदेखि जुवा खेलाउँदै आएको विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ