arrow

राष्ट्रिय दैनिकका सम्पादकहरुसँग ओली ‘बा’का कुरा

प्रचण्डलाई कटाक्ष

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
oli-voice-lokman-new.jpeg

काठमाडौं । एमाले अध्यक्ष केप ओलीले संविधान संशोधनविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नेहरुलाई पनि वितण्डाकारी भनिएको भनि गुनासो गरेका छन् । विभिन्न दैनिक पत्रिकाका सम्पादकहरुसँगको भेटमा आइतबार ओलीले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयको विषयलाई लिएर थुप्रै कटाक्ष गरे ।

अध्यक्ष ओलीले सम्पादकहरुलाई सनुाए, ‘सर्वोच्चले २१ गतेभित्र कारण देखाऊ भनेकै दिन मध्ये राति सुटुक्क, खुसुक्क संविधान संशोधन प्रस्ताव दर्ता गर्ने । अनि ए बाबा, हामी ५ नम्बर प्रदेशबाट छुट्टिन चाहन्नौं भनेर शान्तिपूर्वक बिरोध जनाउने जनतालाई बितण्डाकारी भन्ने ?’

माओवादी विद्रोहका दिन सम्झिँदै ओलीले अगाडि थपे, ‘पुल तोडेर, गाविस भवन भत्काएर आफू जीवनभर जातीय, साम्प्रदायिक बितण्डा मच्चाउने अनि छुट्टिन नमान्ने जनतालाई बितण्डाकारीको संज्ञा दिने ?।’ ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै यस्तो कटाक्ष गरेका हुन् ।

संविधान संशोधनका नाममा जनसंख्याको कुरा गर्ने तर सिंगो कर्णालीबाट ५ जना र  त्योभन्दा सानो झापा र काठमाडाँैबाट चाँही के आधारमा ७ र १० जना सांसद चुनिन्छन् या ८ जिल्ला भएको २ नम्बर प्रदेशबाट ५६ जना अनि १४ जिल्ला समेटिएको १ नम्बर प्रदेशबाट २७ जना कसरी आउँछन्– ओलीले तर्क गरे ।

यी सबै कुरा प्रष्टसँग भनिएका पनि छैनन्– पत्रकारहरुसँगको भेलामा एमाले अध्यक्ष ओलीले भने । सरकारले गएको मंगलबार ९ बजे राति संसद सचिवालयमा प्रदेश सीमाङ्कन, भाषा, नागरिकता र राष्ट्रिय सभाको प्रतिनिधित्व लगायत विषय समेटेर संविधान संशोधन विधेयक दर्ता गरेको थियो । त्यसको विरोधमा अहिले एमाले सडक र सदन तताइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ