काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले एमाले अध्यक्ष ओलीलाई बिर्सने रोग लागेकोमा आफु चिन्तित रहेको बताएका छन् । ५ नंबर प्रदेशको सीमांकन सम्बन्धमा आफैले हस्ताक्षर गरेको संबिधानका अन्तरबस्तु सम्बन्धी अवधारणा बिपरित मुख्य बिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले दोहोरो कुरा गरेर जनतामा भ्रम सिर्जना गरेको उनले बताए ।
सोही अवधारणा अनुसार सरकारले गरेको सीमांकनमा हेरफेर गर्ने गरी संविधान संशोधन गरेको उल्लेख गर्दै गृहमन्त्री निधिले संविधानका अन्तरबस्तु सम्बन्धी अबधारणाका हरेक पानामा हस्ताक्षर गरेका ओलीले अहिले ५ नंबर प्रदेशको सीमांकनका बिषयमा दोहोरो कुरा गरेको उल्लेख गरे।
हिजो आफूले हस्ताक्षर गर्दा राष्टबादी अनि अहिले त्यसैले राष्टघाती भनेर ओलीले दोहोरो चरित्र देखाएका छन् उपप्रधानमन्त्री निधिले भने । भक्तपुरको त्रिशुलडाँडामा आयोजित धान्यञ्चल महायज्ञको आइतबार शुभारम्भ गर्दै कांग्रेस नेता निधिले निर्बाचन गराउनका लागि सरकारले संबिधान संशोधनको प्रस्ताब दर्ता गरेको उल्लेख गरे।