काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आब्हान गरेको सर्वदलीय बैठक शीतल निवासमा जारी छ । बैठकमा व्यवस्थापिका संसदमा रहेका र बाहिर रहेका दलका शीर्ष तथा दोस्रो तहका नेताहरु सहभागि छन् ।
राष्ट्रपति भण्डारीले संविधान संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा छलफलका लागि शनिबारै दलका नेताहरुलाई आह्वान गरेकी थिइन् ।
दुई दिन अघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय विकसित राजनीति घटनाक्रमका विषयमा राष्ट्रपति भण्डारीलाई ब्रिफ गरेका थिए ।