arrow

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
Bidhya.jpg.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षलाई आइतबार छलफलका लागि बोलाएकी छन् ।

नेपालको संविधानको संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएको रष्ट्रपति कार्यालयबाट थाहा भएको हो ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले छलफलका लागि आइतबार ४ बजे अगाडि शीतलनिवास आउन फोनमार्फत बोलावट भएको राससलाई जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ