स्पेशल टाक्स फोर्सका बाइस वर्षे जवानले गरे संसद भवनभित्रै आत्महत्या [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
1k
Shares
काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालयको सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।
उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । बुधवार बिहान संसद भवनको शौचालयमा गोली लागेको अवस्थामा उनलाई मृत भेटिएको हो ।
२२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानेको बताइएको छ ।
नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत उनी २०७८ मा भर्ना भएका थिए ।
उनी बिहान ड्युटी गरिरहेका थिए । सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेको बताइएको छ ।