arrow

हिन्दू राष्ट्र कायम गर्न संशोधनको प्रस्ताव पेस गरिने : अध्यक्ष थापा

logo
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
kamal-thapa-1.jpg.jpeg
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानमा नेपाल हिन्दू राष्ट्र कायम गर्न संशोधनको प्रस्ताव पेस गरिने बताएका छन् । मिडिया नेपालले शुक्रबार  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले यससम्बन्धी संशोधन प्रस्ताव पेस गर्नुअघि सबै दलसँग छलफल गरिने बताए । अध्यक्ष थापाले भने–“हिन्दू राष्ट्रको एजेन्डा पनि पेस होस् भन्ने हाम्रो चाहना थियो तर अहिले हामीसँग छलफल नगरी संशोधन प्रस्ताव पेस भयो ।” 
 
सरकारले पेस गरेको संविधान संशोधनको प्रस्तावमाथि भोलि हुने पार्टीको केन्द्रीय समितिको बैठकले आधिकारिक धारणा तय गर्ने उनले बताए । आउँदो वर्षको माघभित्रमा तीनै तहको निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा पार्टी रहेको भन्दै थापाले त्यसका लागि सबै दल एकै ठाउँमा उभिनुपर्ने बताए । 
 
अध्यक्ष थापाले संसद् अवरुद्ध गरेर सडक तताउनु बुद्धिमता नहुने बताउँदै सडकबाट निकास निस्कन सक्दैन, प्रजातान्त्रिक ढङ्गबाट यसको निकास खोज्नुपर्ने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ