लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकै छेकोमा कुटिइन् श्रीमती
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
845
Shares
तम्घास । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकै छेकोमा गुल्मीमा एक व्यक्तिले श्रीमती कुटेका छन् । छापहिले गाविस– १ निवासी २२ वर्षीय कुमार गिरीले आफ्नी २० वर्षीया श्रीमती सरा ज्ञवालीलाई कुटपिट गरेका हुन् ।
गिरीले प्रहार गरेको ढुङ्गा टाउकामा लाग्दा सख्त घाइते भएकीले सराको इलाका स्वास्थ्य चौकी इश्मा रजस्थलमा उपचार भइरहेको छ ।
पीडितका आफन्तले प्रहरी चौकीमा दिएको उजुरीका आधारमा कुटपिट गर्ने श्रीमान् गिरीलाई प्रहरीले पक्राउ गरेको छ । घरमा पतिले कुटपिट गरेपछि चार महिनादेखि आफू माइतीघरमा बस्दै आएको पीडित सराले बताएकी छन् ।
माइतीघर इश्मा रजस्थल– ४ मा बस्दै आएकी सरालाई घर जान आग्रह गर्दा नमानेपछि श्रीमान्ले कुटेको प्रहरीले जनाएको छ ।