arrow

प्रचण्डलाई कांग्रेसको जवाफ- तपाईँलाई जङ्गलबाट राजनीतिमा ल्याएको बिर्सिनु भयो [भिडियो]

कांग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
ramesh-lekhak-congress-press-confrence-03-07.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कांग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ । सोमबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गरेको भन्दै कांग्रेसले पनि नेकपा (माओवादी केन्द्र)लाई पनि उत्तिकै सहयोग गरेको बताए । उनले कांग्रेसलाई माओवादीले भोटको राजनीति शुरु गरेपछि मात्रै सहयोग गरेको भए पनि कांग्रेसले जङ्गलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताए । उनले माओवादीलाई जङ्गलबाट संसदमा ल्याउने काम कांग्रेसले गरेको बताए । उनले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर कांग्रेसलाई तर्साउन नखोज्न चेतावनी दिए ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली कांग्रेसलाई धेरै सहयोग गरेको छु । आज नेपाली कांग्रेसले जे गर्‍यो, त्यसका लागि इतिहासमा भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो । मैले सम्मानित आदरणीय नेता, मैले धेरै आदार पनि गर्छु, उहाँलाई विनम्रताका साथ आग्रह गर्दछु । तपाईंले त हामीलाई भोटको राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौँ । तपाईँलाई त जङ्गलबाट यहाँ राजनीतिमा ल्याउने कांग्रेस हो । बिर्सिनु भयो । हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईँलाई शान्तिमा कसले ल्याएको हो । तपाईँ र तपाईँको पार्टीलाई शान्तिमा रूपान्तरण गरेर नेपालको एउटा राजनीतिक दलमा स्थापित गर्न कांग्रेसको सहयोग र भूमिका छैन ? यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्ने । भोलिका दिनमा मूल्य चुकाउनुपर्ला ? के चुकाउनुपर्छ । तपाईँहरू गैरजिम्मेवार भएर निरंकुशतातिर जाने, सहकारीको रकम हिनामिना भइसक्यो । फिर्ता गराउने कार्यक्रम र कार्ययोजना छैन । कारबाही गर्ने योजना छैन । नेपाली कांग्रेसका विरुद्धमा गैरजिम्मेवारपूर्ण ढङ्गबाट लाञ्छना लगाउने कुरा र बोल्ने कुरा बन्द गर्नुस् । धेरै धम्क्याएर र तर्साएर कांग्रेस धम्किने पार्टी होइन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ