arrow

प्रचण्डको दाँतले गर्दा कांग्रेससँगको वार्ता रोकियो, रविको छानबिन गर्न समिति नबनेसम्म पछि नहट्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
prachanda-teethache.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएको बैठक स्थगित भएको छ ।

संसदको अवरोध खुलाउनेबारे प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री प्रचण्डको दाँतको चेकजाँचका लागि वीर अस्पताल जानु परेकाले निर्धारित छलफल स्थगित भएको बताइएको छ । स्थगित छलफल शनिबार बिहान हुने जानकारी दिइएको छ ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने अडान लिएपछि संसदको बैठक प्रभावित भएको छ । 

कांग्रेसले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी प्रकरणमा दिनानुदिन नयाँ घटना सामुन्ने आइरहँदा पनि सरकारले संसदीय छानबिन नबनाएर विधिको शासन र सुशासनको उल्लंघन गरेको आरोप लगाएको छ । 

विपक्ष दलहरु संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा एकजुट भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ