arrow

सभामुखले सकेनन् बैठक चलाउन, आइतबारसम्मका लागि स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
devraj-ghimire-speaker-2080-02-08.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । शुक्रबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार अब अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बस्ने भएको छ  ।

यसअघि शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको थियो ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेको । कांग्रेसलाई प्रतिपक्ष दलहरु राप्रपा र लोसपाले पनि साथ दिइरहेका छन् । 

अहिलेसम्म सहमतिको प्रयास भए पनि सहमति हुन नसकेपछि शुक्रबारको संसद बैठक स्थगित गरिएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साँझ कांग्रेस नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

सभामुखले भने आफ्नो भूमिका निर्वाह गर्न नसक्दा बिहीबारको बैठक मुठभेडतिर पुग्न लागेको थियो । सभामुख देवराज घिमिरेलाई पटक–पटक एउटै चार्ज लाग्दै आएको छ –त्यो हो एमालेको कार्यकर्ता । बिहीबारको संसदमा पनि यो प्रश्न र आरोपले सभामुखलाई छाडेन । 

सभामुखलाई सत्ता गठबन्धनमध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेको कार्यकर्ता र नेताको रुपमा प्रस्तुत भएको आरोप लाग्यो । यो आरोपबाट उनी मुक्त हुने ठाउँ छैन । 

संसदको काम कारबाहीमा प्रमुख प्रतिपक्ष दलले विरोध गरेपछि त्यसलाई संसदबाटै सभामुखले टुंग्याउनुपर्ने थियो तर गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न दिएर सभामुखले नै संसदलाई मुठभेडतर्फ लगे । 

प्रतिनिधि सभाको बिहीबारको दृश्य नेपालको संसदीय इतिहासको लज्जाको रुपमा देखिएको छ । प्रतिपक्षहरुको अवरोधबीच मन्त्रीलाई बोल्न समय दिने सभामुखको निर्णय पूर्णत ‘विवेकहीन’ थियो । 

सत्तापक्षका दलका नेता, प्रमुख सचेतक र सभाकै उपसभामुख नाराबाजी गरिरहेका सांसदसँग नोकझोँकमा उत्रिनु झन गलत भएकाले पनि यसलाई सभामुखले चलाखीपूर्ण रुपले समाधान गर्न सक्ने बाटो हुँदाहुँदै रोक्न सकेनन् । 

यसअघि सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएका थिए । सभामुखले संसद् नियमावलीअनुसार सदन नचलाएको र निष्पक्ष भूमिका निर्वाह नगरेको उनीहरूको आरोप थियो । 

गत भदौ असोजमा एमालेले संसद अवरोध गरिरहेको बेला अहिलेको सत्ता पक्ष रहेको रास्वपाले यही आरोप लगाएको थियो । 

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै एमालेले १० साउनदेखि दुवै सदन अवरुद्ध गर्दै आएको थियो । 

अहिले कांग्रेस लगायतका दलहरुले आरोप लगाएका छन् । समग्रमा उनी संसद चलाउने क्षमताबाट असफल हुँदैछन् । 

बिहीबारको संसदको दृष्य हेर्दा बैठकमा कांग्रेसले अवरोध गरिरहेकै बेला गृहमन्त्री लामिछानेलाई सभामुख घिमिरेले बोल्न समय दिएपछि प्रतिनिधि सभामा असहज अवस्था बनेको स्पष्ट थियो । 

गृहमन्त्री लामिछानेलाई रोष्ट्रममा जान नदिने गरी नाराबाजी गरिरहेको कांग्रेस सांसदलाई हटाएर बाटो खुलाउन सत्ता पक्षका सांसदहरु लागेपछि मुठभेड भएको थियो । 

उपसभामुख ईन्दिरा राना, एमालेका प्रमुख सचेतक महेश बर्तौला लगायतले लामिछानेलाई रोष्ट्रममा पुर्याउन वेलमै पुगेर बाटो देखाएको स्पष्ट देखिन्थ्यो । 

गृहमन्त्री लामिछानेलाई बोल्न दिनुअघि नै सभामुखले विपक्षीलाई चिढ्याउने काम गरेका थिए । 

अवरोधकै बीच सभामुख घिमिरेले विपक्षीलाई चिढ्याउने शैलीमा राष्ट्रपति कार्यालयबाट प्राप्त दुई वटा पत्र पढेर सुनाएपछि विपक्षीहरु थप आक्रोशित हुनु स्वभाविक नै थियो । 

यसले गर्दा उनी निष्पक्षता र तटस्थातको प्रतिक मानिने सभामुखको जिम्मेवारी निर्वाह गर्नबाट चुकेको दलीय छायाँ बनेको प्रतित हुनु स्वभाविक जस्तै देखिएको छ । 

अझ कांग्रेसलाई उक्साउने काम भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उनले वेल घेराउ गर्न पुगेका कांग्रेस कांग्रेस सांसदहरुलाई तपाईहरु यहाँ उभिन पाउनु हुन्न भनेर झन् मुठभेडतर्फ लैजान उक्साउँदै थिए । 

केपी ओलीले संसदमा मुठभेडका लागि प्रतिपक्षलाई उक्साउँदै, घटनाबारे यसो भन्छन् धनराज गुरुङ
प्रतिपक्ष दल कांग्रेसको विरोधकाबीच अघि बढ्न खोजेपछि राप्रपा र लोसपाले पनि उभिएर विरोध गरेका थिए । 

बिहीबारको बैठकमा सबैजसो विपक्षीहरुले विरोध गरेका थिए । कांग्रेस सांसदहरुले जबर्जस्ती बन्द गर्न भन्दै पनि नाराबाजी गरेपछि सभामुख जबर्जस्ती नै अघि बढ्न खोजेको स्पष्ट थियो । 

उनीहरुले संसदीय मर्यादा कायम गर्न पनि माग गरेका थिए । सहकारी ठगलाई कारबाही गर्न भन्दै कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए ।

सांसदहरुले केहीबेर नाराबाजी गरेपछि सभामुख घिमिरेले राष्ट्रपतिले पठाएको बैशाख ३१ मा मन्त्री र राज्यमन्त्री नियुक्तिको पत्र पढेर कार्यसूची अघि बढाए । जबकि संसदीय मर्यादा र परम्परामा यो गलत थियो । 

त्यसपछि उनले गृहमन्त्री लामिछानेलाई बोल्नका लागि समय दिए । त्यसपछि कांग्रेस सांसदहरुले लामिछानेलाई रोस्ट्रममा जानबाट रोके । यहीबीचमा सत्ता पक्ष र प्रतिपक्षबीच धकेलाधकेल भयो । यसपछि प्रतिनिधि सभाको बैठक स्थगित गरेर सभामुख बाहिर निस्के ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ