arrow

रहेनन् पूर्व सांसद खगेन्द्रराज रेग्मी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
khagendra-regmi-syangja.jpg
तस्बिर – फाइल ।

स्याङ्जा । पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहेका उनको ७५ वर्षको उमेरमा आज बिहान आफ्नै निवास भीरकोट-७ गेझबासमा निधन भएको हो ।

रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद बनेका थिए । उनी लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय रहेका थिए ।

विद्यार्थी अवस्थामा वि.सं. २०२० सालको दशकको प्रारम्भबाटै नेपाली कांग्रेसको राजनीतिमा होमिएका रेग्मीको नेपाली कांग्रेस, स्याङ्जाको इतिहासमा पृथक पहिचान स्थापित छ ।

रेग्मी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए । काठमाडौँमा क्यान्सरको उपचार गराइरहेका रेग्मीको उपचारमा सुधार नदेखिएपछि उनलाई भीरकोट ल्याइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ