arrow
ADVERTISEMENT

कांग्रेससँग सोमबार बेलुकासम्म निष्कर्षमा पुग्छौँ- प्रचण्ड [भिडियो]

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै अवरोध नहुने दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
prachanda-01-30.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भीरतापूर्वक छलफल गरिरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले कांग्रेससँग सोमवार (भोलि) बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने बताए ।

उनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दाबी गरे।  जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । 

प्रमुख प्रतिपक्ष दल  कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानबिन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री दाहालले आज बिहान कांग्रेस नेतृत्वसँग गम्भीरतापूर्वक छलफल गरेको र भोलि बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढङ्गले अघि बढ्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘मैले त्यही ढोका खोल्नकै लागि गम्भीरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल भएको छ । अन्तिम निष्कर्षमा नपुगे पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढङ्गले अगाडि बढ्ने वातावरण बन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ