arrow

एक्लिए उपेन्द्र

प्रचण्ड र केपीले आफ्नो पार्टी फुटाइदिएको भन्दै उपेन्द्र मन्त्रिपरिषद् बैठकमा गएनन्

तीन दिनको अन्तरमा दोस्रो पटक पार्टी फुट्यो, मधेस सरकारबाट बाहिरिने एमाले र माओवादीको संकेत, सरकार छाड्ने मनस्थितिमा पुगे उपेन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा उनी अनुपस्थित भएका हुन् । 

जसपा नेपालका अध्यक्षसमेत रहेका उपेन्द्र तीन दिनको अन्तरमा आफ्नो पार्टी दोस्रो पटक फुटेपछि मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका हुन् । 

उनले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पुष्पमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका देखिएपछि असन्तुष्ट बनेको बताइएको छ । 

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रुपमा नै सरकार टिकाउन जसपा फुटाएको स्वीकार गरेका छन् ।

अब जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारबाट पनि एमाले र माओवादी केन्द्र बाहिरिने तयारी गरेपछि यादव केन्द्रको समीकरणबाट बाहिरिने सम्भावना बढेको छ ।
 
यसअघि गत आइतबार अशोक राईको नेतृत्वमा जसपा नेपालबाट बाहिरिएर जसपा निर्वाचन आयोगमा दर्ता भएको थियो भने बिहबिार संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरुले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् । 

उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिएका हुन् । उनीहरुले प्राडा महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ