arrow

लागुऔषध कारोबारी भागेपछि रोक्न खोज्दा प्रहरीले चलायो गोली

logo
सौरभ गिरी, 
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
banke-district-police.jpg
तस्बिर – फाइल ।

नेपालगञ्ज । बाँकेमा प्रहरीले गोली चलाएको छ। लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको बाँके प्रहरीले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार ठूलो परिमाणमा लागुऔषध लिएर जाँदै गरेको लागुऔषध कारोबारीलाई रोक्न खोज्दा भागेपछि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले जानकी गाउँपालिका६ स्थित पिप्रहवामा गोली चलाएको हो।

गोप्य सूचना पाएर गएको प्रहरीको टोलीले  नेपालगन्जबाट  भे ६ प ६२०६ र भे ५ प ३१३५ नम्बरको स्कुटरमा कोहलपुरतर्फ जाँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्दा कोहलपुर १२ चप्परगौडीका २६ वर्षीय  सुशील परियारको साथबाट ११४ ।२६ ग्राम ब्राउन सुगर फेला परेपछि भाग्न खोज्दा प्रहरीले उनको खुट्टामा गोली चलाएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रहरीले कोहलपुर १२ चप्परगौडीका २७ वर्षीय प्रमोद कार्कीलाई पनि पक्राउ गरेको छ।

प्रहरीले उनीहरुको साथबाट ११४.२६ ग्राम ब्राउन सुगर  र दुई वटा स्कुटरसमेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान शुरु गरेको बाँके प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ