arrow

मर्माहित उपेन्द्र अबको परिस्थितिअनुसार सरकारलाई समर्थन गर्नेबारे टुंगोमा पुग्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
upendra-yadav-2081-01-26.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन निरन्तर रहने बताएका छन् । पार्टी कार्यालय बालकुमारीमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहेका पार्टी अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन आजका मितिसम्म जारी रहेको उल्लेख गरे । 

“सरकारलाई दिएको हाम्रो समर्थन यथावत छ, बाँकी परिस्थिति कसरी विकास हुन्छ भन्नेमा निर्भर रहन्छ”, उनले भने । राजनीतिक अस्थिरता र गलत क्रियाकलापको पात्र आफ्नो पार्टी नभएको जिकिर गर्दै अध्यक्ष यादवले भने, “आगामी दिनमा दिइने समर्थन सरकारकै व्यवहारमा भर पर्छ ।” 

केही व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले पार्टीलाई विभाजन गरेको उनको भनाइ थियो । बहुमत सांसद र केन्द्रीय नेता आफ्नो पक्षमा रहेको दाबी गर्दै उनले आफू विदेश भएका बेला पार्टी विभाजन गरेको तथा निर्वाचन आयोगले पनि हतारमा दल दर्ताको प्रमाणपत्र दिएको उल्लेख गरे । 

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग अमेरिका जानुअघि गोप्य वार्ता गरेका यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गर्दै थिए । 

सोही जानकारी पाएपछि उनी अमेरिकाबाट फर्किनुअघि नै पार्टी फुटाएर आफ्नो पक्षमा माहोल बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको योजना सफल भएको दाबी गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ