'साझा'को रिवन काटेपछि प्रधानमन्त्री ललितपुरबाट सिंहदरबार बसमा सरर
यस्ताे छ नयाँ रुट
प्रकाशित २०७३ मंसिर १२ आइतबार
1.6k
Shares
काठमाडौं। साझा यातायातले आइतबारबाट काठमाडौं उपत्यकाको चार रुटमा नयाँ बस सेवा सुरु गरेको छ । अपाङ्गमैत्री अत्याधुनिक बसले अबथ थप चार नयाँ रुटमा सेवा दिन थालेको हो। नयाँ सेवाको आरम्भ प्रधानमन्त्री पुष्पकमल दाहालले रिवन काटेर गरेका छन् । रिवन काटेपछि दाहालले ललितपुरदेखि सिंहदरबारसम्म साझा बसमा यात्रा समेत गरे।
यसअघि नै प्रधानमन्त्रीले काठमाडौं उपत्यकामा कम्तिमा ३० वटा साझा बस थप्न निर्देशन दिएका थिए । प्रधानमन्त्री निर्वाचन भएलगत्तै प्रधानमन्त्री दाहालले रिवन काट्ने कार्यक्रममा नजाने घोषणा गरेका थिए।
यस्ताे छ नयाँ रुट
रुट नम्बर १ः- लगनखेबाट जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-बसुन्धरा-सामाखुसी-नयाँबसपार्कसम्म । बस सोही रुटबाट फर्किने । १० वटा बस चल्ने ।
रुट नम्बर २ः- एयरपोर्टभित्रबाट तिलगंगा-गौशाला-रातोपुल-जैनभवन-डिल्लीबजार-चारखाल-बागबजार- पुरानो बसपार्क- सहीदगेट- एनएसी-न्युरोडगेट-जमल-लैनचौर- ठमेल- सोह्रखुट्टे-नयाँ बजार-बनस्थली-बालाजुचोक-बाइपास-नयाँबसपार्कसम्म । बस सोही रुटबाट फर्किने । १० वटा बस चल्ने ।
रुट नम्बर ३ः- यो पूर्ण रुपमा नयाँ रुट हो । कोटेश्वरबाट तीनकुने-मिनभवन-नयाँबानेश्वर-बबरमहल-माइतिघर-सिंहदरबार-सहीदगेट-त्रिपुरेश्वर-टेकु-कालीमाटी-सोल्टीमोड-रवीभवन-कलंकी-सीतापाइला- स्वयम्भुसम्म । बस सोही रुटबाट फर्किने । १० वटा बस चल्ने ।
रुट नम्बर ४ः- याे रुटमा बस ग्वार्कोबाट छुट्नेछ । बीएण्डबी हस्पीटल-सातदोबाटो-पाटन औद्योगिक क्षेत्र- लगनखेल-जाउलाखेल-कुपण्डोल-त्रिपुरश्वर-नेपाल बायुसेवा निगम (एनएसी)-जमल-लैनचौर-लाजिम्पाट-पानीपोखरी-टिचिङ-नारायणगोपालचोक-गंगालाल हस्पीटल-न्युरो हस्पीटल-गोल्पुटार-हात्तिगौंडा-चपली हुँदै नारायणथानसम्म्म पुग्ने छ । बस सोही रुटबाट फर्किने । याे रुटमा पनि १० वटा बस चल्ने । अब काठमाडौं उपत्यकामा ३८ वटा बस गुड्ने छन् । यस्तै,साझाका ८ वटा बसले काठमाडाैंबाट गोरखा, बाग्लुङ, भैरहवा र वीरगञ्जका यात्रुलार्इ पनि सेवा दिइरहेका छन् ।