arrow

संविधान संशोधन प्रस्ताव आईतबार संसद्मा दर्ता हुने सम्भावना न्यून

दिउँसाे १ बजे मन्त्रिपरिषद् बैठक बस्दै

logo
प्रकाशित २०७३ मंसिर १२ आइतबार
sambidhan-samsodhan-750-1.jpeg

काठमाडौं । मन्त्रिपरिषद् बैठक आईतबार बस्दैछ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा संविधान संशोधन सम्बन्धि विधेयक व्यवस्थापिका संसद्मा दर्ता गराउने सम्बन्धि प्रस्ताव पारित गराउने भनिएपनि यो सम्भावना न्यून रहेको माओवादी केन्द निकट स्रोतले जानकारी दियो । 

शनिबार बसेको बैठकमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबारसम्म संविधान संशोधन प्रस्ताव दर्ता गराउने जानकारी गराएका थिए । 
 
दिउँसो १ बजे बस्ने क्याविनेट बैठकले पारित गराएको खण्डमा मात्रै कार्यतालिकामा राखिने भएकोले अहिलेसम्म विधेयक दर्ता गर्ने कार्यतालिका नरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । कार्यालयका सहसचिव बुद्दि बहादुर खड्काले यस्तो सार्वजनिक महत्वको विषय पहिले नै जानकारी नहुने र मन्त्रिपरिषद्ले पारित गरेपछि मात्रै कार्यतालिकामा राखिने गरेको जानकारी दिए । 
 
उता, माओबादी केन्द्रका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले आज विधेयक दर्ता हुने कि नहुने भन्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने भन्दै अहिले यसै भन्न सक्ने अवस्था नरहेको जानकारी दिए । ‘सम्भवतः आजै पनि होला’ उनले भने ‘आज नभए भोलि दर्ता हुनेछ । अध्यक्ष ज्यूले शनिबारको बैठकमा पनि पर्सीसम्म हुनेछ भन्नुभएको थियो ।’
 
शुक्रबारै विधेयक दर्ता गर्ने तयारी भए पनि सत्तारूढ पार्टी्भित्रकै असन्तुष्टि मेटाउन सरकारले थप दुई दिन प्रयास गर्न लागेको जनाएको छ । त्यस्तै, मधेशी मोर्चा अहिलेको प्रस्तावित संविधान संशोधन विधेयकमा राजी भएको खण्डमा मात्रै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारीमा सरकार रहेको स्रोतले जानकारी दियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ