arrow

झलनाथ चुनावी कमाण्डर भएको इलाम २ मा नेकपा एसलाई ४०८ मत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
jhalanath-khanal-ncp-s.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । इलाम २ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ । यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् ।

इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्लासमेत हो । उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमान्डरसमेत तोकिएका थिए । तर चुनावमा जमानत जफतमात्र भएन लज्जास्पद नतिजासमेत आएको छ ।

जबकि सत्ता गठबन्धन भएपछि शुरुआती चरणमा झलनाथ नै आफू गठबन्धनको साझा उम्मेदवार उठ्नका लािग निकै दौडधूप गरेका थिए । तर उनले उम्मेदवारी दिने माहोल नबनेपछि उनी पछि हच्केका थिए । 

तर पार्टीको निर्णयअनुसार उनी चुनावी कमाण्डर बने । त्यसो भए पनि उनी दरिलोसँग चुनावमा भने खटिएनन् । यो कमजोर उपस्थितिपछि उनी नेकपा एसका सम्मानित नेता भए पनि मन भने एमालेतिरै ढल्केको आरोप छ । 

उनी नेकपा एस गठनपछि नै एमालेसँग सहकार्य गर्नुपर्नेमा जोड दिँदै आएका थिए । 

त्यस्तै यस क्षेत्रमा राजसंस्थाको एजेण्डा लिएर हिडिरहेको राप्रपालाई पनि जनताले अस्वीकार गरेका छन् । राप्रपाबाट उम्मेदवार बनेका लक्ष्मी गुरुङले केवल ४०४ मत मात्र पाएका छन् । यस क्षेत्रमा २०७९ को आम निर्वाचनमा राप्रपाले ५१० मत प्राप्त गरेको थियो ।

जबकि राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने १० हजार मत ल्याउने दाबी गरिरहेका थिए । यसले इलाममा राजावादीहरुको अवस्था केबल नाममा मात्र देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ