arrow

बझाङमा कांग्रेसले गुमायो सिट, एमाले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
damanbahadur-bhandari-bajha.jpg

चैनपुर । बझाङ प्रदेश सभा १ मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएको जानकारी दिए । 

लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरे । 

साथै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो । यहाँ ११ उम्मेदवार थिए ।

कांग्रेसले गुमायो, एमालेलाई फाइदा 
 २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । अभिषेक सिंहकै छोरा हुन् ।

तर अभिषेकले जित हासिल गर्न सकेनन् । एमालेले कांग्रेसबाट एक सिट छिन्यो । 

त्यतिबेला सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

तर यसपालि भने मत उल्टिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ