arrow

जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
sher-bahadur-deuba-80-01-02.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाली कांग्रेस निकट पूर्वकर्मचारी समाज नेपालको छैटौँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालको लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताए । 

उनले सरकार परिवर्तन भइरहने भए पनि कर्मचारीतन्त्र भने स्थायी हुने र जनतासँग निरन्तर जोडिने गरेको उल्लेख गरे ।

उनले भने,“नेपाली जनताको उन्नति, प्रगति कांग्रेसको चाहना हो । म पार्टीलाई बलियो बनाउने काममा एकजुट भएर लाग्न आग्रह गर्दछु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ