arrow

आगलागी पीडितलाई राहत दिन कांग्रेसको माग, व्यवस्थापनमा जुट्न कार्यकर्तालाई निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले देशका विभिन्न जिल्लामा भएका आगलागीका घटनामा परी ज्यान गुमाएका, घाइते भएकाहरुप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ति जारी गरी ती घटनामा परी मानवीयसँगै ठूलो भौतिक क्षति भएको, सयौँ पशु चौपायाको मृत्यु भएको लगायतले मर्माहत तुल्याएको भन्दै हार्दिक सहानुभूति व्यक्त गरेका छन् । 

देवाले आगलागीमा परी जीवन गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

आगलागी भएका क्षेत्रहरूमा तत्काल आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्वन गर्न सरकारसँग आग्रह गर्दै आगलागीका कारण जलेर घाइते हुन पुगेकाहरूको उचित उपचारको प्रबन्ध तथा घरवारविहीन हुन पुगेका पीडित परिवारजनहरूलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित प्रबन्ध गर्न सभापति देउवाले सरकारसँग जोडदार माग गरेका छन् । 

आगलागी प्रभावित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहमा एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनको कार्यमा सहयोग पुर्याउन निर्देशन दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ