arrow

इलाममा गगन

वर्तमान सत्ता गठबन्धन माघ नकट्ने गगन थापाको दाबी [भिडियो]

चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
gagan-thapa-ilam-80-01-08-pipalbot.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिना नकट्ने दाबी गरेका छन् । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गरे । 

उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताए । चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताए । उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाइ गर्ने बेला आएको बताए । उनले चुनाव अघिको गठबन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताए । इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति भल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताए ।

उनले भने, ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जताकोअघि भन्न सक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईँहरूको बीचमा फेरि जवाफ दिन आउनेछु । मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको । चुनावको अगाडि गठबन्धन जनतालाई धोका हो । चुनावको अघिको गठबन्धन बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ । चुनाव अघिको गठबन्धनले हाम्रो राजनीतिलाई विकृत बनाएको छ । आज इलामले सिंगो देशलाई गुन लगाउने बेला आएको छ । एउटा अवसर आएको छ । यो ठाउँबाट नेपालमा गठबन्धनको राजनीति चल्दैन, बिक्दैन भनेर नेता र पार्टीलाई सन्देश दिने बेला आएको छ ।’

उनले इलाम क्षेत्र नम्बर २ मा कांग्रेसको तर्फबाट उम्मेदवार रहेका  डम्बर खड्कालाई जिताउन आग्रह गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ