arrow

देउवा र माधव नेपालबीच गोप्य भेटघाट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
sher-deuba-madhav-nepal.jpg

काठमाडौँ । वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य भेटघाट भएको छ ।

बुधबार साँझ अबेर बाँसबारीस्थि एक कांग्रस नेताको घरमा उनीहरुबीच भेटघाट भएको स्रोतले जनाएको छ । यद्यपि यसको कहीँ कतैबाट औपचारिक पुष्टि भने भएको छैन । 

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला र वैकल्पिक गठबन्धनको कुरा उठिरहेका बेला दुई नेताको भेटघाट भएको हो ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्ष लक्ष्मणकिशोर चौधरीलाई साथ दिएर एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई चुनौती दिएको थियो । 

स्रोतका अनुसार देउवा र नेपालबीच सुदूरपश्चिम प्रदेश सरकार निर्माण र वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भएको छ । बुधबार मात्रै सचिवालय बैठकबाट अहिलेको सरकारप्रति एस पार्टीले असन्तुष्टि व्यक्त गरेको थियो । 

सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका दीर्घ सोडारीलाई नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । 

यसअघि मंगलबार नेकपा एकीकृत समाजवादी संसदीय दल सुदूरपश्चिमले पनि सोडारीलाई नै मुख्यमन्त्री बनाउने गरी निर्णय गरेको थियो ।

नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा सोडारीलाई अघि सार्दा एमालेले भने अझै त्यस विषयमा ठोस निर्णय गरेको छैन । 

स्रोतका अनुसार एमाले नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार छ तर मुख्यमन्त्रीमा सोडारी बाहेकलाई अघि सार्नुपर्ने उसले सर्त राखेको थियो । 

एमालेको यो प्रस्तावलाईसमेत बवास्ता गरेका माधव नेपालले शेरबहादुर देउवासँग गोप्य भेटघाट गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ