arrow

गठबन्धन ढल्मलिँदा प्रचण्डले गरे झलनाथसँग छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
prachanda-jhalanath-khanal.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा सत्ता समीकरणमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री प्रचण्डले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।

एकीकृत समाजवादीले यसअघि सत्ता समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफूलाई दिने सहमति भएको भए पनि अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिएको भन्दै असन्तुष्ट रहेको छ ।

सुदूरपश्चिममा एकीकृत समाजवादीले केन्द्रको समीकरणको विपरीत कांग्रेससहितको समर्थनमा नाउपाकै रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेपछि सत्ता समीकरण नै तरंगित बनेको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग गठबन्धन परिवर्तन गर्दा कुनै सल्लाह नगरेको र नयाँ गठबन्धन बनेपछि पनि सहमतिअनुसार काम नगरेको भन्दै प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेता नेपाल रिसाइरहेका छन् । 

त्यसको जवाफमा माधवले सुदूरपश्चिममा ट्विष्ट ल्याएका हुन् । सुदूरपश्चिमको नेतृत्व एसलाई दिने सहमति भए पनि प्रचण्ड र ओलीले बेइमानी गरेको एसको आरोप छ । 

झण्डै एक घण्टा प्रचण्ड र झलनाथबीच छलफल भए पनि कुनै सहमति नभएको बुझिएको छ । 

नयाँ गठबन्धन ढल्मलाइरहेको अवस्थामा प्रचण्डले खनालसँग छलफल गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ