सल्यानका सभापतिमाथि भएको सांघातिक आक्रमणको कांग्रेसले गर्यो भर्त्सना
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसले सल्यानका सभापति केशबहादुर विष्टमाथि भएको सांघातिक हमलाको भर्त्सना गरेको छ । कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश स्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा कालिकोटबाट सल्यानतर्फ फर्कने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिकास्थित वालुवा संग्रही भन्ने स्थानमा गत चैत २९ गते बेलुका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका सभापति विष्टमाथि गरिएको सांघातिक आक्रमणको घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ ।
कांग्रेसले यस घटनाको घोर निन्दा र भर्त्सना गर्दै घटनाको यथार्थ छानबिन गरी दोषीलाई कानूनी कारबाहीका लागि सरकारसँग जोडदार माग गरेको छ ।