कर्णालीका मुख्यमन्त्री कँडेलले खाए शपथ, गरे पदबहाली
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
1.5k
Shares
कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले बुधबार शपथ ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । उनी नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।