arrow

सिमांकनमा रोल्पालीको बिरोध

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ मंसिर ८ बुधबार
rolpabirod.jpeg
लिबाङ (रोल्पा)। सिमांकनका नाउमा रोल्पालाई ५ नम्बर प्रदेशबाट अलग्याएर ६ नम्बर प्रदेशमा समावेश गर्ने सरकारको कदम बिरुद्ध रोल्पाली जनताले घोर बिरोध गरेका छन् । मंगलबार रोल्पाको सदरमुकाममा  सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवी, ब्यापारी, पत्रकारहरु लगायत सर्वसाधारणहरुले विरोध प्रदर्शन गरेका छन् ।
 
बिरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद अमरसिंह पुनले रोल्पाली जनता सिधा सोझा भएको हुँदा यसको गलत फाइदा उठाउदै रोल्पालाई ५ नम्बर प्रदेशबाट छुट्याएर ६ नंम्बर प्रदेशमा गाभ्न लागेको आरोप लगाए ।
 
उनले भने ५ नं प्रदेश हालकै अवस्थामा ठीक छ ।  ५ नंम्बर प्रदेशका पहाडी जिल्लाबाट रोल्पालाई अलग्याए त्यो रोल्पालीलाई सह्य हुनेछैन हामी जस्तो सुकै कदम चाल्न पनि तयार रहनेछौं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ