arrow

गृहमन्त्रीमाथि छानबिन समितिको माग

गैरजिम्मेवार बन्दै सभामुखः रवि चोख्याउन कांग्रेसलाई गलाउने षड्यन्त्र [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
shushil-thing-congress.jpg

काठमाडौँ । सहकारी प्रकरणमा सभामुख देवराज घिमिरे गैरजिम्मेवार बन्दै गएको आरोप लगेको छ । सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नाम जोडिएपछि सभामुखले संसदीय छानबिन समिति गठन नगरेपछि यस्तो आरोप लगेको हो । गृहमन्त्री  रवि चोख्याउन कांग्रेसलाई गलाउने षड्यन्त्र गरिएको कांग्रेसको बुझाइ छ । 

मंगलबार प्रतिनिधि सभा बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले सरकारले कांग्रेसलाई गलाउनका लागि संसदीय छानबिन समिति नबनाएको बताएकी छन् । सचेतक थिङले आफ्नो पार्टीले सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणका लागि संसदीय छानबिन समिति बनाउन माग गरे पनि सरकारले कांग्रेसलाई गलाउनका लागि गठन नगरेको बताएकी हुन् । 

उनले कांग्रेसलाई थकित गराउनका लागि सरकारले आफूहरूको कुरा नसुनेको भन्दै बाध्य भएर आफूहरूले संसद्मा उभिनु परेको बताइन् । उनले संसद्को कुनै पनि काम, कारबाही अगाडी नबढाउन पनि आग्रह गरिन् ।

उनले भनिन् – ‘सूर्य दर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिब १ अर्ब रुपैयाँ गोर्खा मिडिया कम्पनीमा लगाइएको छ । यो एक अर्ब कम्पनीले लान पाउँछ कि पाउँदैन ? यो गैर कानूनी काम गर्नेले दण्ड पाउँछ कि पाउँदैन ? यो प्रश्न गर्न चाहन्छु । पाउँछ भने गोर्खा मिडिया कम्पनीको सञ्चालक खोज्न पर्दैन ? गोर्खा मिडिया कम्पनीले अर्बौँ रुपैयाँ गैर कानुनी लिँदाको सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई सजाय हुन्छ कि हुँदैन ? दण्ड हुन्छ कि हुँदैन ? रवि लामिछानेको ठाउँमा अरू जो कोही भएको भए पनि अनुसन्धान हुन्थ्यो होला । कानून लाग्थ्यो होला । रवि लामिछाने भएकोले अनुसन्धान नै रोकिने ? यो कस्तो सरकार हो ? सरकार जबाफदेही हुनुपर्छ कि पर्दैन ? कांग्रेसले विगत धेरै दिनदेखि संसद्मा चलेको विषयहरूको कुरा उठाउँदा खेरी पनि सरकारले वास्ता नगरेको कारणले, गैर जिम्मेवार भएको कारणले, सूचना दिँदा दिँदा सरकारले कांग्रेसलाई गलाउनका लागि, थकित गराउनका लागि यो संसदीय छानबिन समिति गठन नगरेको कारणले हामी बाध्य भएर उभिएका छौँ । कुनै पनि काम, कारबाही अगाडी नबढाउनको निम्ति अनुरोध गर्दछु । सरकार गैर जिम्मेवार भएर हामीलाई बाध्य नबनाओस् ।’ 

सचेतक थिङले सूर्यदर्शन सहकारी लगायत ६ वटा सहकारीबाट करिब १ अर्ब रुपैयाँ गैर कानुनी रूपमा गोर्खा मिडिया कम्पनीमा लगाइएको भन्दै त्यस्तो काम गर्नेले दण्ड पाउँछ पाउँदैन भनेर प्रश्न गरिन् । उनले गोर्खा मिडिया कम्पनीको तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई सजाय हुन्छ कि हुँदैन ? भन्ने उनको प्रश्न छ । उनले गृहमन्त्री रवि लामिछाने भएको कारण अनुसन्धान रोकिएको बताइन् । 

यो मामलामा सभामुख घिमिरे गैरजिम्मेवार बन्दै गएका छन् । उनले उल्टै कांग्रेसलाई सम्झाउन खोजेका मात्र छैनन् थुप्रै विधेयक संसद्मा अल्झेकाले संसद अवरुद्ध नगर्न भनेका थिए । तर तिनै एमालेबाट सभामुख बनेका घिमिरेले यसअघि भने एमाले प्रतिपक्षमा रहँदा नरम नीति लिएका थिए । त्यति बेला पनि विधेयक अलपत्र नै थिए । एमाले प्रतिपक्षमा बसेपछि मात्र एउटा विधेयक पारित भएको थियो । यसअघि सभामुख घिमिरे गैरजिम्मेवार बन्दै १० दिन संसद बन्द गरेर सांसदहरूको टिमसहित स्वीट्जरल्याण्ड गएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ