arrow

गाउँपालिका सिफरिस नगरेको भन्दै नाराबाजी

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ मंसिर ८ बुधबार
bhajang.jpeg
बझाङ। भौगोलक क्षेत्रफलको हिसाबले नेपाल कै सबैभन्दा ठूलो रहेको काडा गाबिसका स्थानिय बासीहरुले बेला बेलामा काडा गा.वि.स लाई छुट्टै गाउपालिकाको माग गर्दै आए पनि सुनुवाई नभएको भन्दै स्थानियबासिहरु आक्रोस समेत भई नाराबाजी गरेर आन्दोलनमा उत्रिएका छन् ।
 
 बुधबार बिहानै देखि काँडाका स्थानिय बासीन्दा हरुले चरणबद्ध आन्दोलनको घोषणा गरि जिल्ला बिकास समितीको कार्यालय अगाडी नाराबाजी गरेका छन् । उनिहरुले काडाँ गाबिस प्रति राजनितीक दलले गरेको उपेक्षा गरिएको भन्दै चर्का नाराबाजी समेत गरेका हुन् । सयौको सख्यामा सदरमुकाम चैनपुर ओईरिएका काँडाका स्थानियबासीहरुले आन्दोलनका कार्यक्रम समेत सार्बजनिक गरेपछि सदरमुकाम चैन तनाबग्रत भएको छ । 
 
 विकट र दुर्गम गाविस भएकाले भुगोलका आधारमा काँडालाई छुट्टै गाउँपालिकाको माग राख्दै थानिय निकाय पुनः संरचना प्राविधिक समिति लाई ज्ञापन पत्र बुझाउने, जिविसमा तालाबन्दी गर्ने ,बिरोध जुलुस सहित लोकतान्त्रिक चोकमा कोण सभा गर्ने, सिमा प्रहरी चौकीमा तालाबन्दी गर्ने, काँडा गाविस भरीका सम्पूर्ण नेपालि नागरिकता फिर्ता बुझाउने, गाउँ परिषद बहिष्कार गर्ने, स्थानिय निर्वाचनमा भाग नलिने, सम्पुर्ण काँडाका बासिन्दाहरु कुनैपनि राजनितिक दलसँग आबद्घ नरहने गरी सदस्यता परित्याग गर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 
 
पुनः संरचनाको समयावधि सकिन लाग्दा पनि जिल्लाका राजनितिक दल र स्थानिय निकाय पुनः संरचना प्राविधिक समितिले आफुहरुको मागको वास्ता नगरेका कारण आफु आन्दोलन गर्नु परेको काडाँवासीहरुको भनाई रहेको छ । पटक पटक पाँच दिनको पैदल दुरी हिडेर सदरमुकाम चैनपुर डेलिकेसनमा आएका स्थानियबासीहरुले पुनः संरचना प्राविधिक समितिले काँडा गाबिसलाई छुट्टै गाँउ पालिका बनाउने आस्वासन दिएको तर सिफारिस गर्दा छुट्टाएरका पठाएकाले त्यस प्रति आपत्ति जनाएका हुन् ।  आन्दोलनको सिलसिलामा काठमाडौ सम्म समेत पुगेका स्थानियहरुले राष्टिय पुनः संरचना आयोगले पनि काँडा गाविसलाई  छुट्टै गाउँपालिका बनाउने आश्वासन दिएको भएपनि हाल ईलाका लाई गाउँपालिका घोषणा गर्ने भनेपछि उनिहरु थप आन्दोलित भएका हुन् । 
 
काँडा गाविसबाट सदरमुकाम चैनपुर पुग्न र हाल भनिएको गाऊपालिकाको कार्यालयमा पुग्न पनि ४ दिन पैदल हिड्नुपर्ने बाध्यता रहेको  काँडाका जसबिर  बोहराको भनाई रहेको छ । भौगोलिक बनावटको हिसावले एकदमै दुर्गम रहको काडा गाबिसको एक वडा बाट अर्को वडा सम्म पुग्न समेत डेढ दिन लाग्ने गरेकाले स्मरण गराउदै बोहराले भन्नु भयो  राज्यले काँडाका बासिन्दाहरुलाई सौतेनी व्यवहार गरेको बताउनु भयो । काँडा गाबिसको सन्र्दभमा ब्यापक छलफल भई आयोग लाई छुट्टै गाँउ पालिकाका लागी पुन: निर्णय गरि पठाएका छौ नेपाली काग्रेसका लिल्ला शभापति हर्कजङ्ग बहादुर सिंहले भन्नु भयो अब आयोगले खै के गर्छ थाहाँ छैन् ।   काँडा गाविसहरुको मागका लागि समितिको बैठक बसी आयोगसँग छलफल भइरहेको स्थानिय निकाय पुनः संरचना प्राविधिक समितिले जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ