arrow

माग पूरा नभएको भन्दै स्थानिय आन्दोलित

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ मंसिर ८ बुधबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर।  पाँचथरको हेवा खोला जलविधुत परियोजना ए का लागि स्थानिय र पाँचथर पावर कम्पनी वीच भएको सम्झौता कार्यान्वय नभएको भन्दै स्थानियहरु आन्दोलित भएका छन् ।माग पूरा गर्न भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय तथा राजनितीक दलहरु,संघ संस्था तथा पाँचथर पावर कम्पनीलाई लाई ज्ञापनपत्र वुझाएका छन् ।
 
परियोजना संचालका क्रममा लिखित र मौखिक रुपमा भएका सम्झौताहरु मध्ये केहि मात्रै पूरा गरेका वाँकी धेरै मागहरु सम्वोधन नगरेको कारण यथाशक्य सम्झौता बमोजिमको माग पूरा गर्नुपर्ने उनीहरुको भनाई छ । स्थानिय विनय रम्तेलले भने,“कम्पनीसँग पटक पटक हाम्रो सम्झौता भयो,तर अहिले कम्पनीले परियोजनाको काम सक्न लाग्यो,हाम्रो मागको सुनवाई भएन् ।” उनले थपे,“केहि माग पूरा गरेर थामथुम गर्न खोजेको छ,तर यहाँका हामी सोझा साझा जनताको आँखामा छारो हालेर यहाँका नागरिकलाई दमन गरेको छ ।”
 
यस्तै अर्को स्थानिय  शिव कुमार थाम्सुहाङले भने,“हाम्रा धेरै मागलाई सम्वोधन गरेको छैन्,अव हाम्रो मागलाई सुनवाई नगरे हामी आन्दोलनमा उत्रन्छौ ।”
उनीहरुले स्थानिय स्तरमा हाइड्रो संचालन गर्नका लागि बनेको कम्पनीको विधान तथा ऐन सार्वजनिक गर्नुपर्ने, स्थानियका लागि तत्काल शेयर निष्काष्न गर्नुपर्ने, प्रभावित क्षेत्र याङनामको विधुत ब्यवस्थापन गर्नुपर्ने,खानेपानी,सिंचाई कुलोको ब्यवस्था गरिदिनुपर्ने,सुरुङले गर्दा पहिरो बगेको क्षेत्रहरुमा अनुगमन गरी क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायत १५ बुदे मागहरु अघि सारेका छन् ।
 
उक्त मागहरु प्रति वेवास्ता गरे आगामी मंसिर ८ गते प्रभावित क्षेत्र याङनाम १ का सम्पूर्ण स्थानियवासीहरुले प्रत्येक ठाउँमा कालो झण्डा गाड्ने र ९ गते देखि कम्पनीले गर्ने सम्पूर्ण काम वन्द गरी सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरुले ज्ञापनपत्र मार्फत दिएका छन् । निर्माण कार्य अन्तिम चरणमा रहेको यो आयोजना सम्पन्न भएपश्चात १४.५ मेगावट विधुत उत्पादन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ