arrow

सभामुखले बोलाएको बैठक बिना निष्कर्ष सकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
top-leaders-speaker-meet.jpg

काठमाडौँ। सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहितको शीर्ष चार दलको बैठक सकिएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा काँग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने आफ्नो अडान कायम राख्दै संसद् अवरोध गर्ने बताएपछि बैठक बिना निष्कर्ष टुङ्गिएको छ।

बैठकमा सत्तारुढ दल माओवादी केन्द्र, एमाले र रास्वपाले भने संसदीय समिति गठन गर्न नसकिने अडान लिएका थिए।

बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलिको बोका बनाउन नपाइने भन्दै काँग्रेसले माग गरे अनुसारको संसदीय दलको गठनको माग आफूहरूले अस्वीकार गरेको बताए। परियारले भोलिको बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक पेस गर्ने दाबी गरे।

छलफलमा सभामुखसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलगायत दलका प्रमुख सचेतकहरू सहभागी थिए।



नयाँ