arrow

काँग्रेस सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको अडानमा कायम

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
nepali-congress-deuba-sahakari-issues.jpg

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ। सोमबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।

साथै काँग्रेसले मङ्गलवार संसदीय कार्यसमिति र संसदीय दलको बैठक बसेर थप निर्णय गर्ने समेत उनले जानकारी दिए। काँग्रेसले संसदीय छानबिन समितिको माग गर्दै अब बस्ने संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ। संसद्को अर्को बैठक मङ्गलवार बिहान ११ बजेका लागि बोलाइएको छ।

यसैबीच काँग्रेसको चेतावनीपछि सभामुख देवराज घिमिरेले आजै प्रधानमन्त्रीसहित शीर्ष चार दलका नेताहरूसँग छलफल गर्दै छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ