arrow

कांग्रेसको मंगलबार बिहान संसदीय दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २६ सोमबार
congress-parliament-11-24.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ। कांग्रेसले मंगलबार बिहान ७:३० बजे संसदीय दल कार्यसमितिको र बिहान ८ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जानकारी दिएको छ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संलग्नतामा संसदीय छानबिनको माग कायम राखेको छ र मंगलबार बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ। बैठकमा यस प्रकरणलाई थप सशक्त रुपमा उठाउने विषयमा छलफल हुने बताइएको छ।



लोकप्रिय समाचार
नयाँ