काँग्रेसले शर्मा र साउदलाई बनायो उपनिर्वाचन संयोजक
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
1k
Shares
काठमाडौँ। नेपाली काँग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ। काँग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभाका लागि पूर्व मन्त्री एनपी साउदलाई संयोजक बनाएको छ।
काँग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ। उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्व मन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन्।
त्यस्तै इलाममा उम्मेदवार बनेका खड्का गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए। उनी काँग्रेस जिल्ला सभापति समेत हुन्।