arrow

२०७९ को निर्वाचन हारेपछि पहिलो पटक इलाम पुगे झलनाथ, जीतबहादुरलाई सघाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २४ शनिबार
jhalnath-jeet-bahadur.jpg

इलाम।  एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम पुगेका छन् । 

नेता खनाल २०७९ को निर्वाचनमा इलाम क्षेत्र नं १ मा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग पराजित भएपछि पहिलोपटक गृह जिल्ला पुगेका हुन्।

खनाल इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्ना दलका उम्मेदवार जीतबहादुर राईलाई सघाउन इलाम पुगेका हुन् । 

वैशाख १५ गते इलाम क्षेत्र नं २ मा हुने उपचुनावमा एकीकृत समाजवादीको छुट्टै उम्मेदवार रहेको छ । माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष राईलाई पार्टीले अघि सारेको छ ।

खनालले केन्द्रमा गठबन्धन भए पनि जिल्लाको उपनिर्वाचनमा एमालेसहित अन्य दलसँग आफ्नो पार्टीले स्वस्थ प्रतिस्पर्धा गर्ने जानकारी दिए । 

नेता खनालले ठूलो वाम शक्तिले आफूलाई साझा उम्मेदवारका रूपमा अघि सार्न खोजे पनि सत्ता साझेदार ठूलो दल एमालेले एक्लै चुनाव लड्ने भनेपछि आफूले विश्राम लिएको बताए । 

उनले इलाम–२ का विभिन्न चुनावी कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ  । खनालले २०८४ को आम निर्वाचनअघि नै नेपालका वाम शक्तिबीच एकता हुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ