arrow

ग्वार्को फ्लाइओभर निर्माणमा भइरको ढिलासुस्तीप्रति स्थानीयको गुनासो, अनसन बस्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
ram-krishna-chitrakar-congress-bagmati.jpg

काठमाडौँ। ग्वार्को फ्लाइओभर निर्माणमा भइरको ढिलासुस्तीलाई लिएर स्थानीयहरूले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन्। शुक्रवार ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर जेठ मसान्तसम्म सकिसक्न आग्रह गर्दै स्थानीयहरूले ध्यानाकर्षण गराएका हुन्। उनीहरूले जेठ मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि त्यो अनुसारको योजना बनाएर काम नगरेको बताए।

फ्लाइओभरको निरीक्षण र स्थानीयहरूलाई साथ दिन पुगेका बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले परियोजना निर्माणमा धेरै नै ढिलासुस्ती भइरहेको बताए। उनले परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौँ उपत्यकाभर नै ट्राफिक प्रणालीमा असर परेको भन्दै समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराए। उनले समयमा काम सम्पन्न हुन नसक्दा स्थानीयहरूलाई दैनिक जनजीवनमा असर परिरहेको उल्लेख गरे। उनले जेठ मसान्तसम्म सक्ने प्रतिविद्धताअनुसार काम नभए र समयमै काम नसकिए फ्लाइओभ्र निर्माण स्थलमै अनसन बस्न बाध्य हुने चेतावनी दिए।

उनले भने, ‘यो परियोजना साह्रै नै ढिलासुस्ती भयो। यो नभई नहुने परियोजना हो। यो परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौँ उपत्यका भरकै ट्राफिक प्रणालीमा असर पारेको छ। स्थानीय जनतालाई दैनिक जीवन पनि सहज बनाइ चल्न सकेका छैनन्। तीन सिफ्टमै काम गरेर र एक्सन प्लान बनाएर जेठ मसान्तसम्म सक्ने भन्ने जुनक खालको प्रतिबद्धता गरेका छन्, त्यही अनुसार काम भएको छ की छैन भनेर निरीक्षण गर्न आएका हौँ। असारको पहिलो हप्तासम्म यहाँबाट गाडी गुडाउँछौँ, भन्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यो अनुसारको काम भइरहेको छैन भन्ने हामीलाई लाग्छ।’

यता निर्माण कम्पनीले भने केही समय यता २४ सै घण्टा काम गरिरहेको बताएको छ। चार लेन सडकको बीच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ