arrow

प्रधानमन्त्री दाहाल अग्निपीडित भेट्न आफै पुगे भोजपुर

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
bhojpur-nirikshan-pm.jpeg

भोजपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले भोजपुरका अग्निपीडित परिवारलाई भेटेका छन् । दाहालले सदरमुकाम भोजपुर पुगेर गएको आइतबार आगलागीबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेका हुन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री दाहालले पीडित परिवार र स्थानीय प्रशासनसँग भेट तथा छलफल गरे ।  स्थलगत निरीक्षणपछि प्रधानमन्त्रीले जिल्ला तहमा छलफल गरेर राहत प्योकजबारे गृह मन्त्रालयमार्फत् प्रस्ताव पठाउन निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले भने, ‘आगलागी भएको घटना निकै दुखद् छ । मैले घटनाको जानकारी पाउने बित्तिकै गृह मन्त्रालयलाई उद्दार र राहतका निम्ति निर्देशन दिएको थिएँ । आज आफै निरीक्षण गर्न आएको छु । सरकार तपाईहरुको साथमा छ, सरकारको तर्फबाट सकिने सहयोग र राहतको व्यवस्था हुन्छ, यसमा तपाईहरु ढुक्क रहनुहोला । यहीबाट स्थानीय प्रशासनलाई निर्देशित गर्दछु, तपाईहरुले पीडित र सरोकारवालाहरुलाई राखेर सरकारको तर्फबाट गर्न सकिने राहतको प्याकेजबारे प्रस्ताव गृह मन्त्रालयमार्फत् सरकारमा पठाउनुहोला ।’

गत आइतबार दिउँसो सुनचाँदी पसलमा लागेको आगो बजारमा फैलदा ११ घर क्षतिग्रस्त भएका थिए । ८ पूर्ण र ३ आंशिक रुपमा ११ घर जल्दा करिब १० करोड २७ लाख बराबरको क्षति भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ