arrow

छानबिन समितिको मागमा कांग्रेस ब्याक भएको होइन - सचेतक थिङ

बाध्य भएर संसद अवरुद्ध गर्न नपरोस्

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
sushila-thing-12-20.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा कांग्रेस पछि नहटेको बताएकी छन् । सोमबार संसद भवनबाट बाहिरिँदै उनले यस्तो बताएकी हुन् । आफ्ना मागहरू यथावत् राखेर सरकारलाई समय दिएको उनको भनाइ छ । 

उनले सदनमा आएका धेरै विधेयकहरूलाई असर पर्ने गरी कांग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानु हुँदैन भन्ने भावले मात्रै संसद सुचारु भइरहेको बताइन्। उनले सरकारले आफ्ना माग र धारणाहरूमा जबाफदेही नबनेको दिन खरो रूपमा उत्रिने बताइन्। 

उनले कांग्रेस जस्तो पार्टीले विधेयकलाई नै अलपत्र पारेर सदन महिनौँ दिनसम्म संसद अवरुद्ध गर्न नमिल्ने बताए । दिएको समयसम्म पनि सरकारले बेवास्ता गरेको खण्डमा बाध्य भएर संसद अवरुद्ध पार्ने बताए ।

उनले भनिन्, ‘हाम्रो मागमा ब्याक भएको भन्न मिल्दैन । हामीले त सरकारलाई केही समय दिएका हौ । हामीले हाम्रो कुराहरू यथावत् उठाइराखेका छौं । दैनिक उठाएर सदनमा आएका धेरै विधेयकहरूलाई असर पर्ने गरी कांग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानुहुँदैन । परेको दिनमा कुन बेला, कतिखेर सरकारले साह्रै नै हाम्रो कुरालाई बेवास्ता ग¥यो भने मात्रै हामी घेर्ने तयारीमा छौं । हामी ब्याक भएको होइन । सरकारलाई समय दिएको मात्रै हो । यो विधेयकलाई अगाडि बढाउनका लागि सहयोग गरेको हो । कांग्रेस जस्तो पार्टीले विधेयकलाई नै अलपत्र पारेर सदन महिनौँ दिन अवरुद्ध पारेर जानुहुँदैन भनेर हामीले विधेयकलाई सहयोग मात्रै गर्न खोजेको हो । हामीले सरकारलाई दिएको समयमा पनि बेवास्ता ग¥यो भने हामीले बाध्य भएर सदन अवरुद्ध गर्नेछौँ । त्यो अवस्था सरकारले नबनोस् सरकारलाई समय दिएको मात्रै हो । अब पनि संसद अवरुद्ध पार्न बाध्य पारियो भने त्यसको जवाफ सरकार आफैँले दिनुपर्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ