arrow

कार्यसम्पादनको बैठकअघि देउवाले घरमै बोलाए पदाधिकारी र पूर्वपदाधिकारीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि नै सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई बोलाएका छन् । उनले आफ्नै निवास बूढानीलकण्ठमा छलफलका लागि बोलाएका हुन् । 

कांग्रेसले अहिलेसम्म बैशाख १५ को उपनिर्वाचनका लागि उम्मेदवार तय नगरेको भन्दै आलोचना खेप्दै आएको छ । यसअघि कार्यसम्पादन समितिको बैठकले उम्मेदवार तय गर्ने जनाइएको भए पनि त्यसअघि नै उम्मेदवारको टुंगो लगाउन देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएका हुन् । 

बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ ‘क’ को उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले चैत २४ गते शनिबार उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ । 

केन्द्रले उम्मेदवारको टुंगो नलगाउँदा कांग्रेसका आकांक्षीले भने आशावादी भएर घरदैलो थालेका छन् । तर यसरी ढिलाइ हुँदा कांग्रेसको मत पनि ‘स्विफ्ट’ हुने खतरा बढेको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ