दैलेख । दैलेखमा ज्वालामालिका गाउपालिकाको माग गर्दै मालिका, गौरी र कालभैरब गाविसका स्थानीयबासीले यातायत बन्द गरेका छन । स्थानीय तह पुनःसंरचना प्राविधिक समिति लयायत जिल्लाका राजनैतिक दलहरुले स्थानीय परामर्शकार्यशाला विना नै पुनःसंरचनाको खाका बनाएको भन्दै मालिका, गौरी र कालभैरबका गाबिसबासीले आजदेखि विभिन्न दवावमुलक कार्यक्रम अगाडि वढाएका छन् ।
माग सम्बोधनका लागि दवाव श्रृजना गर्ने गाउँविकास समितिको काम काज बन्द देखि विद्यालय बन्द गर्दा पनि कुनै सुनुवाई नभएको भन्दै यातायत बन्द गर्नुपरेको आन्दोलनरत पक्षले जनाएका छन् । दैलेख सुर्खेत सडक खण्डको माथिल्लो डुंगेश्वरमा आज विहानै देखि चक्काजाम गरेका छन् । माग सम्वोधन नभए भोली ८ गते जिल्ला बिकास समिति घेराउ र ९ गते देखि जिल्ला विकास समितिमा तालाबन्दी गर्ने जनाइएको छ ।
विगतको ८ संरचना बनाउँदा सिफारीस गरिएको ज्वालामालिका गाउँपालिका कायम गर्न माग गर्दै दवावमुलक कार्यक्रम घोषणा गरिएको नेकपा एमाले जिल्लाकमिटी सदस्य शुसिल थापाले जानकारी दिए । इलाकाको पहिचान नै समाप्त गर्ने गरि गरिएको संरचना अमान्य रहेको भन्दै आन्दोलन गर्न सडकमा ओर्लिएको नेता थापाले बताए ।
‘अघिल्लो समितिको गाउँपालिकाको लागि सिफारीसमा परेको मालिका, गौरी, कालभैरब र गमौडी गाबिसलई दुल्लु नगरपालिकामा गाभ्ने निर्णयको हामी विपक्षमा छौ’ थापाले भने । विगतको निर्णय यथावत राख्न माग गर्दै गाउस्तरिय राजनैतिक दलका प्रतिनिधिहरु जिल्ला विकास कार्यालय पुगेर विरोध जनाएको थापाले जानकारी दिए । स्थानीय तह पुनःसंरचना आयोगलाई बुझाइएको प्रतिवेदन सच्याउन माग गर्दा पनि बेवास्था गरिएकाले आन्दोलन गर्नुपर्ने बाध्यता आएका नेपाली काग्रेस जिल्ला कार्यसमिती सदस्य किरण भण्डारीले जानकारी दिए ।
जनसंख्या र इलाका दुबै मापदण्डका आधारमा पनि गाउँपालिका बनाउन सकिने भुगोललाई दुल्लु नगरपालिकामा मिसाउने निर्णय गलत भएको भन्दै तत्काल सच्याउन स्थानीयले आग्रह गरेको प्रतिनिधिमण्डलले जानकारी दिएको छ । विगतको ८ वटा स्थानीय तह बनाउने राजनैतिक सहमति र प्राविधिक समितिको सिफारिसमा भए अनुसार परिमार्जीत कर्यविधि ईलाकालाई मापदण्ड बनाई स्थानीय तह निर्धारण गर्ने प्रावधिान अनुरुपम इलाका न. ७ का ४ गाबिसको एक गाउँपालिका बनाउन आन्दोलनकारीले माग गरेका छन् ।
साथै गत कात्तिक २० गते सर्वदलिय र सर्वपक्षिय निर्णयलाइ कार्यान्वयन गरि जिल्ला प्राविधिक समितिबाट शिफारिस गर्न आन्दोलनरत पक्षले माग गरेका छन् । स्थानीय तह पुनःसंरचना समितीका संयोजक तथा स्थानीय विकास अधिकारी हरि प्याकुरेलले जिल्ला स्थित सबै राजनीतिक दलहरुको सहमतीमा पुनःसंरचनाको नयाँ खाका आए आफु त्यो कार्यान्वयन गर्न तयार रहेको जानकारी दिएका छन् । राजनीतिक दलहरुको आ आफ्नै हित अनुकुलको पुनःसंरचना सम्बन्धि खाका निर्माण हुन थाले पछि जिल्लामा विबाद बढेको स्थानीयले गुनासो गरेका छन् ।