बाजुरा । बडिमालिका नगरपालिका –९ ढम्कनेका नन्दे रोकाया उमेरले ४५ बर्षका भए । उनलाई बोन क्यान्सर भइ थला परेको चार महिना वितिसकेको छ । विराम सुरु हुनासाथ घरमा भएको पैसा र गाउँलेले जुटाएर दिएको २७ हजार लिएर बाजुरा जिल्ला अस्पताल, अछामको बयालपाटा अस्पताल, धनगढी हुँदै भारतको खटीमा गएर चेकजाँच गराएपछि बोन क्यान्सर भएको थाहा भयो तर उपचार हुन नसकेपछि घर फर्किए । घरमा भएको पैसा सकियो क्यान्सर रोगमा निकै ठुलो खर्च हुने थाहा पाएपछि उनि घर फर्किन बाहेक कुनै विकल्प नै नभएर घर फकिएका हुन् ।
उपचारका लागि खर्च नहुँदा हाल रोकाया गाउँमै मृत्यु शैयामा छटपटाईरहेका छन् । गरिब परिवारका रोकायालाई नेपालमै क्यान्सर सम्बन्धिको उपचार हुने जानकारी भएपनि त्यहाँ सम्म जाने भाडा समेत नभएपछि थप उपचार गराउन सकिरहेका छैनन् । गाउँलेहरुले पनि एक पटक उपचार खर्च दिलाइ सकेका छन ऋण काडेर उपचार गराउँदा पनि निको हुन्छ या हुँदैन पछि तिर्ने कसरी घरपरिवार विछिप्त छ गाउँले राम बहादुर धामीले भने।
गरिबीका कारण उपचारका लागि क्यान्सर अस्पताल सम्म पुग्न सकिएन दाइको पीरले जीवनमा निकै दुःखी बनाएको छ भाइ लोकेन्द्र रोकायाले गुनासो गरे । उपचार गर्न लैजान मन थियो पैसा कहाँबाट जुटाऔ गाउँले संग पनि कति पटक माग्नु अस्पताल लैजान मात्रै २० हजार खर्च लाग्छ भन्ने सुनेका छौ ।
अव उपचार भन्दा मृत्यु कुर्नुको कुनै विकल्प बाहेक केहि नभएको लोकेन्द्रले दुखेसो पोखे। रोकायाका तीन छोरी एक श्रीमति र वुवा रहेका छन् । उनलाई सरकारले क्यान्सर सम्बन्धि एक लाख सम्मको निशुल्क औषधी दिने जानकारी भएपनि अस्पताल सम्म जाने भाडा समेत नहुँदा उपचारको आशा नै छोडेका छन् । यता सरकारले पुर्व उप प्रधानमन्त्रि सुजतालाई ५० लाख उपचार खर्च दिएको छ तर गरिवलाई कसले हेर्ने भनेर प्रश्न उठेको छ ।